२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

जिसस नवलपुरमा एमाले विजयी

शनिवार , आषाढ ४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • कावासोती, ४ असार ।
    जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । 

    जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन् सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका छन्  ।जिल्ला समन्वय समितिमा एमालेको ११ र कांग्रेसको ५ मत रहेको थियो । रासस