images

शुक्रवार, चैत्र १६ गते २०८०

सिद्धार्थ साहित्य परिषद्को २५९ औं नियमित मासिक संगम 

सिद्धार्थ साहित्य परिषद्को २५९ औं नियमित मासिक संगम 

images
images
images
शनिवार, आषाढ ४ २०७९
शनिवार, आषाढ ४ २०७९
  • सिद्धार्थ साहित्य परिषद्को २५९ औं नियमित मासिक संगम 

    भैरहवा, ४ असार । 
    सिद्धार्थ साहित्य परिषद्को २५९ औं नियमित मासिक संगम शनिबार सम्पन्न भएको छ । 

    images
    images
    images

    सिद्धार्थ साहित्य परिषदको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा कवि शशि पन्थीले सिद्धार्थ साहित्य परिषद्ले नेपाली भाषा, साहित्यको क्षेत्रमा अतुलनीय योगदान गरेको बताए । सिर्जनशील साहित्यिक समाज(सिसास) का अध्यक्ष समेत रहेका पन्थीले सिद्धार्थ साहित्य परिषद्ले नियमित मासिक संगमका साथै नेपाली भाषा, साहित्य, कला संस्कृतिमा कलम चलाउनेहरु सयौं व्यक्तिलाई पुरस्कृत गरिसकेको, साहित्यमा खोज अध्ययन अनुसन्धान गरी नेपाली साहित्यको संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको बताए । 

    उनले भने, ‘यस जिल्लामै धेरै साहित्यिक संस्थाहरू छन्, नियमित मासिक साहित्यिक संगम, कृति प्रकाशन, पुरस्कृत गर्ने साहित्यिक संस्था कम छन्, सिद्धार्थ साहित्य परिषद् सबै काममा क्रियाशील र अग्रस्थानमा छ ।’

    भाषा साहित्यको क्षेत्रमा काम गर्ने सिद्धार्थ साहित्य परिषद् एउटा खुल्ला विश्वविद्यालय समेत भएको पन्थीको भनाइ थियो ।

    परिषद्का सल्लाहकार प्राज्ञ बुंद रानाले सिद्धार्थ साहित्य परिषद्ले अनवरत रुपमा मासिक संगम गरी भाषा साहित्यको संरक्षण गरेको बताए । 

    साहित्यकार तथा परिषद्का सल्लाहकार प्रा.डा. कपिलदेव लामिछानेले सिद्धार्थ साहित्य परिषदले आफ्ना साहित्यिक गतिविधिहरु नियमित रुपमा गरेको बताए । उनले नेपाली भाषाको क्षेत्रमा काम गर्ने साहित्यिक संस्थाहरुलाई स्थानीय सरकारले सहकार्य गरी सहयोग गर्नुपर्ने बताए । 

    प्रत्येक महिनाको पहिलो शनिबार हुने नियमित मासिक संगममा सिद्धार्थ साहित्य परिषद्का कोषाध्यक्ष सीता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार साहित्यकार बालकृष्ण भट्टराईले वाचित रचनाहरुको समीक्षा गरेका थिए । 

    कार्यक्रममा साहित्यकारहरु रुद्र ज्ञवाली, दिपक प्रधान, लता प्रधान, सिसासका उपाध्यक्ष कमल पोख्रेल, हिरालाल धामी, लक्ष्मी प्रसाद अधिकारी, तिलक लामिछाने, सनत कुमार श्रेष्ठ, बासुदेव पोख्रेल, माया गौतम, कृष्ण भट्टराई, भविश्वर पंगेनी लगायतले कविता, गीत, गजल तथा कथा वाचन गरेका थिए । 

    सिद्धार्थ साहित्य परिषद्का सह–सचिव कृष्ण प्रसाद बस्यालको स्वागत मन्तव्य तथा सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij