२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

शुक्रवार , आषाढ ३, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • देउखुरी, ३ असार ।
    दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । 

    बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो । गम्भीर घाइते उनको उपचारका

    क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए । रासस