२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

शान्ति समाजद्वारा पाँच जिल्लामा रक्तदान

मंगलवार , जेठ ३१, २०७९

काठमाडौं, ३१ जेठ ।
विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा मानवअधिकार तथा शान्ति समाजको आयोजनामा पाँच जिल्लामा रक्तदान गरिएको छ ।
शान्ति समाज काठमाडौँ शाखाले आज बौद्धमा आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गरेका थिए ।

यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति प्रकाश शाही, सचिव दीपक गौतमसहित २१ जनाले रक्तदान गरे ।

शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउतसहित ३३ जनाले रक्तदान गरे । 

समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा उपसभापति कृष्ण भट्टराईसहित २० जनाले रक्तदान गरेका थिए ।

यसैगरी शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । त्यसक्रममा शान्ति समाजका आजीवन सदस्य हेमेन्द्र खड्काले २० औँ पटक रक्तदान गर्नुभएको महासचिव बरालले जानकारी दिए । रासस