२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

पश्चिम नवलपरासीको जिल्ला समन्वय समिति प्रमुखमा एमालेका यादव विजयी 

मंगलवार , जेठ ३१, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • पश्चिम नवलपरासी, ३१ जेठ ।

    पश्चिम नवलपरासीको जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव (रुदल) विजयी भएका छन्।  ।

    गठबन्धन दलका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीलाई एक मतले पराजित गर्दै एमालेका यादव विजयी भएका हुन् । 

    जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जनाले मतदान गरेकोमा एमालेको तर्फबाट प्रमुखको उम्मेदवार यादवले ७ मत प्राप्त गरेर कांग्रेसका शाहीलाई १ मतले पराजित गर्दै विजयी हुन सफल भएका हुन् । जसमध्ये नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो  ।