२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिद्धार्थनगरमा निःशुल्क स्वास्थ्य शिविर

सोमवार , जेठ ३०, २०७९

भैरहवा, ३० जेठ ।
महागते अध्यात्मिक प्रतिष्ठान सिद्धार्थनगर, भैरहवाले सिद्धार्थनगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागतसहित शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खानले प्रतिष्ठानले गरेका कामको प्रसंशा गरे । उनले स्वास्थ्य र जीवनका हरेक पलमा प्रतिष्ठानले गरेका काममा सधै सहयोग गरिरहने बताए । त्यसै गरी नगर उपप्रमुख उमा अधिकारीले समयअनुसारको काम प्रतिष्ठानले गर्नेमा आफु विश्वस्त रहेको बताइन् ।

कार्यक्रममा सिद्धार्थनगरका वडाअध्यक्ष, वडा सदस्यहरु, सामाजिक व्यक्तित्वहरुसहित प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अधयक्ष डा. संजय कर्णको अध्यक्षतामा भएको कार्यक्रममा  विष्णुमाया शर्मा पौडेलले सञ्चालन गरेकी थिइन् ।

प्रतिष्ठानका महासचिव दुर्गा बहादुर क्षेत्रीको संयोजकत्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य सचिव जोगेन्द्र अग्रहरीले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक महामुनी श्रीथा महागता, संरक्षक आचार्य विष्णु ज्ञवाली, संस्थापक अध्यक्ष मनोज मित्तल लगायतले बोलेका थिए ।

यसैबीच प्रतिष्ठानकै आयोजनामा स्वास्थ्य शिविरको पनि शुभारम्भ भएको छ । निःशुल्क आर्युवेद स्वास्थ्य शिविरको नगरप्रमुख खानले उद्घाटन गरेका हुन् । ७ नम्बर वडाबाट सुरु भएको शिविर नगरका सबै वडामा सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष अरुण लामिछानेले बताए । सिद्ध फर्मुलेसन प्रा.लि.ले औषधी सौजन्य गरेको छ । त्यस्तै चेकजाँच आर्युवेद चिकित्सक डा.प्रितम शर्माले गरेका छन् ।