२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

एम्स कलेजमा स्वागत र विदाई

आइतवार , जेठ २९, २०७९

बुटवल, २९ जेठ ।
एम्स कलेज बुटवलमा अध्ययनरत बीबीएस दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र बीबीएस तहको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरेका छन् । 

चौथो वर्षमा अध्ययनरत दिपेश भुषालको अध्यक्षता, बुटवल औद्योगिक क्षेत्रका इञ्जिनियर भोलानाथ भुर्तेलको प्रमुखको आतिथ्यता, कलेजका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने र क्याम्पस प्रमुख दीपक ढकालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले विश्व व्यापारीकरणको युगमा व्यवस्थापनको बढ्दो महत्वको बारेमा चर्चा गर्दै अवसरको सदुपयोग र चुनौतिको समना गर्न हरेक क्षेत्रबाट सक्षम हुनुपर्ने बताए ।

त्यस्तै विद्यार्थीहरु रामप्रकाश पाण्डे, मुना घिमिरे, कार्यक्रम संयोजक सन्जिव भण्डारीले आ–आफ्नो धारणा राखेका थिए ।  

औपचारिक र अनौपचारिक गरी दुई सत्रमा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति गरेका थिए भने स्वागत र बिदाई हुने विद्यार्थीहरुलाई अतिथिहरुबाट मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यार्थीहरु केवलराज गिरी, लक्षिता खनाल र ईशा पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको  क्याम्पसका निवर्तमान अध्यक्ष रामप्रकाश पाण्डेले नवनिर्वाचित अध्यक्ष लक्षिता खनाललाई पदभार हस्तान्तरण गरिएको थियो ।