
बिहिवार , जेठ २६, २०७९
भैरहवा, २६ जेठ ।
भाष्करानन्द–माया शर्मा अक्षयकोष सिद्धार्थनगर, रुपन्देहीले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग आवेदन माग गरेको छ । सिद्धार्थनगर नगरपालिका भित्रका सामूदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेकोले आवेदन माग गरिएको भाष्करानन्द–माया शर्मा अक्षयकोषका संस्थापक भाष्करानन्द शर्माले बताए ।
छात्रवृत्ति आवेदन फर्म असार ५ गतेसम्म वितरण गरिने र फर्म असार १५ गतेसम्म बुझाउनुपर्ने शर्माले जानकारी दिए । फर्म भाष्करानन्द शर्मा अक्षयकोषको कार्यालय मायादेवी गाउँपालिका–८ स्थित बसडिलवा (पानी टंयाकी) नजिकै पाउन सकिने र सोही स्थानमै पेश गर्नुपर्ने उनले बताए । छात्रवृत्ति प्राप्त गर्नुहुने विद्यार्थीहरुको विवरण अक्षयकोषले सम्बन्धित विद्यालयमार्फत जानकारी गराउने उनले शर्माले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण शैक्षिक सत्र २०७७ र २०७८ मा छात्रवृत्ति वितरण गर्न नसकिएको उनको भनाइ छ ।
छात्रवृत्तिको आवेदन फर्म भर्नको लागि निम्न शर्तहरु पूरा गर्नपर्ने संस्थाले जनाएको छ ।
यी हुन् शर्तहरु :
– भाष्करानन्द–माया शर्मा छात्रवृत्ति आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई मात्र प्रदान गरिनेछ ।
– छात्रवृत्ति आवेदन फर्म कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले मात्र भर्न सक्छन् ।
– आवेदक सिद्धार्थनगर नगरपालिका भित्रका सामूदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ ।
– आवेदन फर्मसँगै विद्यार्थीले अघिल्लो कक्षामा प्राप्त गरेको तथ्यांकपत्र (मार्कसिट) अनिवार्य संलग्न गर्नुपर्नेछ ।
– अन्य कुनै संस्था वा कोषबाट आर्थिक सुविधा लिइरहेका विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरिने छैन ।
– विद्यार्थीको आर्थिक अवस्थाको बारेमा सम्बन्धित विद्यालयको प्रअ÷प्राचार्यले अनिवार्य प्रमाणित गनुएपर्नेछ ।
– आवेदन फर्म संस्थाले तोकेको मितिभित्र रितपूर्वक भरी यस संस्थाको कार्यालय मायादेवी गाउँपालिका–८ स्थित कार्यालयमा पेश गर्नुपर्नेछ ।
– तोकिएको मितिभित्र प्राप्त भएका आवेदन फर्महरुलाई मात्र छनौट गर्नको लागि कोष अन्तर्गत गठन भएको समितिले दिएको रिपोर्ट अनुसार छात्रवृत्तिको लागि योग्य आवेदकहरुको नाम सम्बन्धित विद्यालयमार्फत जानकारी गराइनेछ ।
विस्तृत जानकारीका लागि मोबाइल नम्बर ९८५७०२२७३५ र ९८५७०३८७०३ मा सम्पर्क गर्न सकिने भाष्करानन्द–माया शर्मा अक्षयकोषका कार्यसमिति सदस्य हरि बहादुर खड्काले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij