२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

नापी कार्यालय रुपन्देहीका अमिन अख्तियारको नियन्त्रणमा

मंगलवार , जेठ १७, २०७९

  • 10.9K
    Shares
  • 10.9K
    Shares
  • भैरहवा, १७ जेठ ।

    सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय रुपन्देहीका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ ।

    जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।