२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स सैनामैना मलमला र स्टारको रक्तदान, १०५ युनिट रगत संकलन

आइतवार , जेठ १५, २०७९

बुटवल, १५ जेठ ।
गणतन्त्र दिवसको अवसरमा लायन्स क्लब अफ सैनामैना मलमला र सैनामैना स्टारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार कालमोचन शीवालय मन्दिर परिसर सैनामैना–६ स्थित कलौनीमा आयोजना गरिएको कर्यक्रममा १०५ युनिट रगत संकलन गरिएको लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष सरोज पन्थले जानकारी दिए । 

क्लबको उद्देश्यअनुसार विभिन्न समयमा सामाजिक कामलाई प्राथमिकता दिँदै आइरहेका क्लबहरुले पहिलो पटक संयुक्त रुपमा रक्तदान कर्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले रक्तदान जस्तो महत्वपूर्ण काममा क्लबहरू सक्रिय भएको देख्दा खुसी लागेको बताइन् । विशिष्ट अतिथि सैनामैना नगरपालिका वडा नम्बर ६, ७, ८ का वडा अध्यक्ष क्रमश गोपाल पोखरेल, राजकुमार चौधरी, बुद्धि चौधरी, नियमित रक्तदाता संघ नेपालका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी लगायतले बोल्दै रगत संकलनमा लायन्स क्लबले अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएकाले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । क्लबहरुले मात्र नभई  गाउँ घरका अन्य संस्थाहरुले समेत रक्तदानको महत्त्वबारे कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुले बताए ।

283911299_3183255105263712_3689473699972328225_n.jpg

दुवै क्लबका अध्यक्ष सरोज पन्थ र कृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा संयोजक विष्णु पाण्डेको स्वागत तथा क्लबका सचिव लेखनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । रक्तदानमा दुवै क्लबका अधिकांश सडस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।