२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

सामूदायिक विद्यालयको शिक्षा सुधारका लागि सघाउँछु : वडाध्यक्ष पाठक

आइतवार , जेठ १५, २०७९

तिलोत्तमा, १५ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को पश्चिम पौनी माविमा दुईकोठे भवनको शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयाँ बजेटको भवनको शनिबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिका–६ का नवनिर्वाचित वडाअध्यक्ष गणेश पाठकले शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै उनले पश्चिम पौनी माविका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आफू र आफ्नो टीम तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले सामुदायिक विद्यालयको शिक्षा सुधार तथा विकासका निम्ति वडा तहबाट हुने कामको आधार बनाएर २/३ दिनभित्रै खाका वडामा बुझाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह समेत गरे । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले नयाँ जनप्रतिनिधीले शिक्षाको विकासमा सहयोग पुर्याउनुपर्ने बताए । उनले जनप्रतिनिधिको साथ पाए सामूदायिक विद्यालय पनि निजी सरह सञ्चालन हुने र अभिभावकको विश्वासमा पर्ने बताए । उक्त विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।