
शुक्रवार , जेठ १३, २०७९
बुटवल, १३ जेठ ।
बुटवलस्थित एम्स कलेजले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस्, मे २८, को अवसरमा विवान फार्मेसी तथा बुटवलको संयोजकत्वमा महिला युवा विद्यार्थीहरुलाई सहभागी गराई महिनावारीका बहुपक्षीय समस्याहरुलाई समेटेर प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
बदलिदो रहनसहन, खानपिन र व्यवहारले महिलाहरुमा सिर्जना भइरहेका समस्याहरु, त्यसले जीवन, पढाई, स्वास्थ्यमा परिरहेको असर जस्ता विषयहरुमा प्रशिक्षक विवान फार्मेसीका रजिष्टर्ड फार्मासिष्टी इन्दिरा चौधरीले प्रशिक्षण गराएकी थिइन् । त्यस्तै महिला छात्राहरुले महिनावारीको समयमा सोधेका प्रश्नहरुको उनले जवाफ दिएकी थिइन् ।
त्यसै गरी कार्यक्रममा विवान फार्मेसीका मेडिकल डाईरेक्टर रजिष्टर फार्मेसिष्ट शुभेन्द्र प्रसाद यादवले युवा विद्यार्थीहरुलाई औषधीको कुसल प्रयोग, खानपिन र त्यसले दैनिक जीवनयापनमा पार्ने असरको बारेमा अभिमुखीकरण गराएका थिए ।
कलेजका प्रमुख दीपक ढकालको संयोजकत्वमा भएको कार्यक्रममा कलेजका प्रबन्धक निर्देशक गोपालप्रसाद न्यौपाने लगायत प्राध्यापक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अर्को सत्रमा स्कूलका महिला विद्यार्थीहरुलाई पनि प्रशिक्षण गराइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij