images

शुक्रवार, चैत्र १६ गते २०८०

ध्रुवनारायण चौधरी : जो रुपन्देहीमा दोहोरिएर बने पालिका प्रमुख

ध्रुवनारायण चौधरी : जो रुपन्देहीमा दोहोरिएर बने पालिका प्रमुख

images
images
images
शुक्रवार, जेठ १३ २०७९
शुक्रवार, जेठ १३ २०७९
  • ध्रुवनारायण चौधरी : जो रुपन्देहीमा दोहोरिएर बने पालिका प्रमुख

    भैरहवा, १३ जेठ । रूपन्देहीको मायादेवी गाउँपालिकाका ध्रुवनारायण चौधरी एकमात्रै उम्मेदवार हुन् जसले जिल्लामा दोहोरिएर पालिका प्रमुख/अध्यक्ष बन्ने अवसर पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरी दोस्रोपटक गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

    images
    images
    images

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरी वैशाख ३० गते सम्पन्न निर्वाचनमा पनि सोही गाउँपालिकाबाट कांग्रेसबाटै अध्यक्षका उम्मेदवार बनेका थिए ।

    रूपन्देहीका १६ वटा स्थानीय तहबाट ११ जना पालिका प्रमुख÷अध्यक्षहरूले यसपटक पनि सोही पदमा उम्मेदवारी दिएका थिए । तर यसअघि निर्वाचित १० जना पालिका प्रमुखले निर्वाचनमा पराजित भएका छन् । मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरी भने दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    चौधरीले ५ हजार ३ सय ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे यादवले ४ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।

    रूपन्देहीमा कतिपय पालिका प्रमुखहरूले यसपटक पार्टी परिवर्तन गरेर समेत सोही पदमा उम्मेदवारी दिएका थिए ।

    २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपाल हाल (जसपा) बाट रोहिणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सनोज कुमार यादव पनि नेकपा एमाले प्रवेश गरी पुनः अध्यक्षको उम्मेदवार बनेका थिए । उनी पराजित भएका छन् । रोहिणीमा जसपाका विद्या प्रसाद यादव अध्यक्षमा निर्वाचित भएका छन् ।

    तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जनता समाजवादी पार्टी (जसपा) बाट मर्चवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका केशवनन्द बनियाले निर्वाचनको मुखमा जनता समाजवादी पार्टी (जसपा) विभाजन पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका थिए । यसपटकको निर्वाचनमा वनिया पराजित भएका छन् । मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका गया प्रसाद बरई निर्र्वाचित भएका छन् । कांग्रेसबाट टिकट नपाएपछि बरई जनता प्रगतिशिल पार्टीमा आबद्ध हुँदै उम्मेदवार भइ अध्यक्षमा निर्वाचित भएका हुन् ।

    तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरी अध्यक्षका उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनपछि मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिकं नेपाली कांग्रेसमा समाहित भएपछि एमाले प्रवेश गरेका शुक्ला पछि एमाले परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका थिए । निर्वाचनको केही महिना पहिले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका शुक्ला यसपटकको निर्वाचनमा भने पराजित भएका छन् । सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका विनोद कुमार श्रीवास्तव निर्वाचित भएका छन् ।

    गत स्थानीय तहको निर्वाचनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा निर्वाचित भएका मनमोहन चौधरी यसपटक उम्मेदवार बने पनि पराजित भए । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उठेर निर्वाचन जितेका चौधरीले बीचमा जसपा र निर्वाचनको मुखमा लोसपा प्रवेश गरेका थिए । लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्दीन खान निर्वाचित भएका छन् ।

    त्यस्तै अघिल्लो निर्वाचनमा निर्वाचित भएको र यसपटक पनि सोही पार्टीबाट उम्मेदवार बनेका सैनामैना नगरपालिकाका चित्र बहादुर कार्की, देवदह नगरपालिकाका हिरा बहादुर केसी, सियारी गाउँपालिकाका अयोध्या थारु र शुद्धोधन गाउँपालिकाका किशुनचन्द्र चौधरी पनि यसपटक पराजित भएका छन् ।

    देवदहका हिराबहादुर केसी नेपाली कांग्रेसबाट र अयोध्या थारु र किशुनचन्द्र चौधरी जना एमालेबाट उम्मेदवार बनेका थिए ।

    त्यस्तै जसपाबाट निर्वाचित गैंडहवा गाउँपालिका बच्चुलाल केवट र कोटहीमाई गाउँपालिकाका चन्द्रभूषण यादव पनि दोस्रो पटकका लागि पराजित भएका छन् । गैडहवामा एमालेका सुरेन्द्र पौड्याल र कोटहीमाईमा लोसपाका चन्द्रभुषण त्रिपाठी निर्वाचित भएका छन् ।

    उपप्रमुखमा भने दोहोर्याएर निर्वाचित हुने ६ जना छन् । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरी, सैनामैनाकी बिना राना, देवदहकी विद्यालक्ष्मी गुरुङ, शद्धोधनकी शान्तिदेवी ज्ञवाली, रोहिणीकी शिवकान्ति हरिजन र सम्मरीमाईकी कुमारी प्रियंका शाही सिंह पुनः सोही पदमा निर्वाचित भएका हुन् ।

    अघिल्लो निर्वाचनमा एमालेबाट सियारी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी अमृता गुरुङ भने यसपटक पराजित भएकी छन् । त्यस्तै अघिल्लो निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट मर्चवारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सुनिता कलवार र मायादेवी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित तारादेवी यादव यसपटक पराजित भएका छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij