२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

बिहिवार , जेठ ५, २०७९

परासी, ५ जेठ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् ।

यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो । एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन् । उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गरेकी हुन् । चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याएका छन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नम्बर १, ४ र ५ मा कांग्रेस तथा वडा नम्बर २ र ३ मा एमाले विजयी भएको छ । २३ हजार ९ सय ५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७ सय ५४ मत खसेको थियो ।