images

शुक्रवार, बैशाख १४ गते २०८१

रोटरी क्लबद्वारा आम्दा अस्पतालमा अक्सिजन प्लान्टको निरीक्षण

रोटरी क्लबद्वारा आम्दा अस्पतालमा अक्सिजन प्लान्टको निरीक्षण

images
images
images
आइतवार, बैशाख २५ २०७९
आइतवार, बैशाख २५ २०७९
  • रोटरी क्लबद्वारा आम्दा अस्पतालमा अक्सिजन प्लान्टको निरीक्षण

    बुटवल, २५ वैशाख । 
    रोटरी क्लब अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) मा स्थापना गरिएको अक्सिजन जेनरेशन प्लान्टको निरीक्षण गरेको छ । क्लबको १४ सय १३ औं बैठकको अवसर पारेर क्लबका पदाधिकारी तथा सदस्यहरुले शनिबार अक्सिजन प्लान्टको निरीक्षण गरका हुन् ।

    images

    आम्दा अस्पतालमा गत वर्षको असारमा क्लबले ५५ लाख रुपैयाँ लागतमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरेको थियो । प्लान्टको निरीक्षण गर्दै क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन, यसको सञ्चालन प्रक्रिया र विभिन्न प्राविधिक विषयका बारेमा जानकारी लिएका थिए ।

    त्यस्तै क्लबका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनामा रोटरीयनबाट प्राप्त सहयोगबारे जानकारी गराउँदै सामाजिक काममा रोटरीयनहरु निरन्तर सक्रिय भएको बताए । उनले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रले रोटरीयनले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै यसमा यस्ता काममा सहयोग गर्नेहरुलाई क्लवले सधै सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

    आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले रोटरीले स्थापना गरेको अक्सिजन जेनरेशन प्लान्टबाट बिरामीहरुले सेवा लिइरहेको बताए । रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको थियो । कोभिड–१९ को तेस्रो भेरियन्ट आउने चर्चा चलिरहेको र यसले बालबालिकासहित सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

    कार्यक्रममा रोटरीयनहरु खिमनारायण पराजुली, ताराप्रसाद भट्टराई, इन्द्रप्रसाद भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

    प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लिला गिरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर रोटरीले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण र उदाहरणीय काम गरेको बताए ।

    प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र बस्यालले अक्सिजन प्लान्ट नहुँदा अस्स्पताल र बिरामीका आफन्तले समेत निकै सास्ती खेप्नुपरेको उल्लेख गर्दै अक्सिजन प्लान्ट स्थापनाले अब बिरामीले सहज रुपमा उपचार पाउने बताए ।

    क्लबले  लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेको क्लबका सचिव रोम शर्माले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij