images

शनिवार, बैशाख ८ गते २०८१

तिलोत्तमामा एमालेको योजना : सबै माध्यमिक विद्यालयमा नर्स

तिलोत्तमामा एमालेको योजना : सबै माध्यमिक विद्यालयमा नर्स

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • तिलोत्तमामा एमालेको योजना  : सबै माध्यमिक विद्यालयमा नर्स

    भैरहवा, १७ वैशाख ।

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ ।

    विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो । चुनावी प्रतिवद्धता पत्रमार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रबन्ध गर्ने योजना ल्याएको छ ।

    हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएको छ । आगामी पाँच वर्ष भित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयात्मक पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । 

    त्यसै गरी माध्यमिक विद्यालय तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्ने योजना पनि एमालेले अगाडि सारेको छ । त्यस्तै निजी स्रोतबाट नियुक्त गरिने शिक्षकहरूलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउने नीति लागु गर्न सबै विद्यालयहरूमा अनुगमन गरिने एमालेको प्रतिवद्धता छ ।

    त्यसै गरी एमालेले तिलोत्तमा नगरपालिकाको वडा नंम्बर १४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यवसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने जनाएको छ । त्यस्तै विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने योजना पनि एमालेको छ । ‘यसका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना गर्न प्रोत्साहित गरिने छ’ एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गरेरै छाड्ने बताए । ‘हामीले प्रतिवद्धतापत्रमा काल्पनिक कुरा लेखेका छैनौं, सबै कुरा कार्यान्वयन गर्न सकिने खालका छन्, नगरबासीलाई साथमा लिएर हाम्रा योजना अगाडि बढाउँछौं, ’उनले भने ।

    त्यस्तै तिलोत्तमा नगरपालिकामा रहेको संस्कृत विद्यापीठको पनि प्रवद्र्धन गरिने एमालेले जनाएको छ । सामुदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गरिने पनि एमालेको योजना छ ।

     


    शिक्षामा लैंगिक असमानताको उन्मूलन गर्ने र शारीरिक अशक्तता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पह“ुच सुनिश्चित गरिने एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

     


    दिगो विकास तथा दिगो जीवन शैली, लैंगिक समानता र सांस्कृतिक विविधता संरक्षणका लागि शिक्षामा दिगो विकास प्रवद्र्धनमार्फत् आवश्यक ज्ञान तथा सिप प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने एमालेले बताएको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij