२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

शुद्धोधन-६ मा जसपाको प्रचारप्रसार कार्यालय स्थापना

बुधवार , बैशाख १४, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल । जनता समाजवादी पार्टी, नेपाल शुद्धोधन गाउँपालिका चुनावी परिचालन समितिले वडा नं ६ मा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयस्थापना गरेको छ। जसपाले बुधबार एक कार्यक्रमको आयोजना गरी शुद्धोधनको कोटहियामा सो प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गरेको हो।

    पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले कार्यालयको उद्घाटन गरेका हुन्। उनले उद्घाटन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीले सबैको पहिचान, सबैको सुरक्षा र सबैको समृद्धिको नीति लिएको बताउँदै पटकपटकको राजनीतिक परिवर्तनले व्यवस्थामा परिवर्तन भएको तर, जनताको अवस्था उस्तै अभावग्रस्त, समस्याग्रस्त रहेकोले अब अवस्था बदल्ने राजनीति जरूरी भएको बताए। 

    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पूर्व जिल्ला अध्यक्ष एवं नेता महेन्द्र यादवले यस देशमा समावेशिता र संघीयताको जननी जसपाभएकोले यसले नै देशको विकास र समृद्धिमा योगदान गर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षपदका उम्मेदवार भरथरी यादवले शिक्षा, स्वास्थ्य, रोजगारी सहितका आधारभूत आवश्यकता पूरा गरी संस्थागत सुशासनलाई जोड दिने बताए।

    त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका जिल्ला समन्वय समितिका कोषाध्यक्ष श्याम बहादुर चौधरी, गाउँकमिटी अध्यक्ष तौलश्वर लोध, वडानं ६ का वडा अध्यक्ष उम्मेदवार जयशङ्कर पाठक, जित बहादुर घर्ती, हरि प्रसाद पाललगायतले बोल्दै जनता समाजवादी पार्टीलेस्थानीय किसानका समस्या समाधान गरी स्थानीय उद्यमशीलतामार्फत रोजगारका अवसरहरू सिर्जना गरी समृद्ध शुद्धोधन निर्माण गर्नुपर्नेमा जोड दिए।

    IMG_2557.jpg