२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

सांसदबाट राजीनामा दिएर नगरपालिका प्रमुखमा उमेदवारी

मंगलवार , बैशाख १३, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल– लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दीपेश थारुले सांसद पदबाट राजीनामा दिएका छन्। 

    बर्दिया २ ‘ख’बाट निर्वाचित भएका थारुले स्थानीय निर्वाचनमा उमेदवारी दिएसँगै पदबाट राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

    थारुले सभामुखसमक्ष दिएको राजीनामा सूचना टाँस गरिएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा सञ्चालन नभएकाले सूचना टाँस गरेर राजीनामाबारे जानकारी गराइएको बताए।

    थारूले बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका हुन्।