आफ्नो उत्पादन प्रयोग गर्न आग्रह
आइतवार , बैशाख ४, २०७९
बुटवल, ४ वैशाख ।
डिआर बिल्डर्स एण्ड मेकर्स प्रा.लि.ले आफ्नो उत्पादनबारे जानकारी दिने लक्ष्यसहित रुपन्देहीका इञ्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको छ । जर्मन प्रविधिको प्रयोग गरी उत्पादन गरिएको ईपिएस कंक्रिट ब्लकबारे उत्पादनबारे जानकारी दिन बिल्डर्सले रुपन्देहीका इञ्जनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको हो ।
घर निर्माणमा उपयोगी ईट्टाको विकल्पमा ईपिएस क्रंक्रिट ब्लक उत्पादन सुरु भएको कम्पनीले दावी गर्दै आएको छ । ईट्टा र एईसी ब्लकको विकल्पमा ईपिएस क्रंक्रिट ब्लक नेपाली बजारमा उत्पादन सुरु गरिएको सञ्चालक दिनेशमान श्रेष्ठले बताए । ‘ईपिएस कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई व्यवस्थापन हुने भएकाले चिसो मौसममा न्यानो र गर्मी मौसममा सामान्य रहन्छ । यो हल्का हुनुको साथै भाईबर एब्जर र साउण्ड प्रोफ समेत छ, ’उनले भने । यसले धेरै चिसो वा धेरै तातो ठाउँमा पनि घरभित्रको वातावरणलाई बचाउँछ । नेपालको हिमाली, पहाडी र तराई गरी ३ मौसमलाई नै घर निर्माण गर्दा फाइदा मिल्ने उनले बताए ।
उनले कोभिड–१९ को संक्रमणकै कारण २०७६ सालमा स्थापना भएको उद्योगको उत्पादन करिब ढाई वर्ष ढिलो गरी बजारमा ल्याउनुपरेको दुःखेसो गरे । बुटवल उपमहानगरपालिका १९ स्थित पथ्थरगंजमा ईपिएस क्रक्रिट ब्लक उत्पादन हुँदै आएको छ । ‘ढुंगा, ईट्टा हुँदै अब यो ब्रिकको जमाना आएको छ, ’उनले भने । सिमेन्टको लाईफ बराबर नै यसबाट निर्माण भएको घरको आयु रहन्छ । श्रेष्ठले घरमा क्रयाक रोक्ने भएकाले पनि यो निक्कै उपयोगी हुने बताउँदै विदेशमा भौतिक पूर्वाधारका अधिकांश सार्वजनिक क्षेत्रहरुमा रनवेको तल समेत विक्री राखिने गरेको जानकारी दिए ।
अध्यक्ष डा. राजन अमात्यसहित यस क्षेत्रमा नाम कमाएका उद्योगीहरु रंजन कसजु, ध्रुव श्रेष्ठ, ओम अमात्य, मनोज अमात्य र दिनेशमान श्रेष्ठको उद्योगमा लगानी छ ।
प्रा.लि.का अध्यक्ष डा. राजन अमात्य रसियामा कार्डियोलोजीमा अध्ययन गर्ने सिलसिलामा त्यहाँका रहनसहन, संस्कार बुझ्दै जाँदा यहाँका घरहरुको बारेमा ज्ञान प्राप्त गरेकै कारण नेपालमा ब्रिकको उत्पादन सुरु गरिएको बताइएको छ । ‘न्यून तापक्रम हुने त्यहाँका घरहरुको बनावट बुझे । वातावरणमैत्री घर र न्यून बजेटमा बनाउनेबारे जानकारी बटुलें । अध्यक्ष अमात्यले भने, – ईपिएस कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई व्यवस्थापन हुने देखिएपछि नेपालमा उद्योग स्थापना गरियो ।’
निकै कम तापक्रम हुने रसिया होस या अत्याधिक गर्मी हुने दुबईमा लोड ब्यारिङ प्रविधिमा विदेशमा घर निर्माण हुने अमात्यले बताए । ईपिएस त्रंmक्रिट ब्लक आगो लाग्ने तराईको समस्या समेत रोक्न सकिने उनले बताए । अमात्यका अनुसार ईपिएस क्रक्रिट ब्लक भाईबर एब्जर र साउण्ड प्रोफ समेत हुन्छ । उद्योगको प्रत्येक ८ घण्टामा ८० क्युबिक मिटर उत्पादन क्षमता रहेको भएपनि बजारको मागका आधारमा २५ देखि ३० क्युबिक मात्र उत्पादन भइरहेको उनले जनाए ।
रसियाबाट मेशिनहरु फुल फेजमा गएको खण्डमा २५ कर्मचारीहरुले रोजगार पाउन सक्ने उनले बताए । उनका अनुसार नेपालमा पिलर सिस्टम र लोड ब्यारिङ गरी २ प्रकारबाट बनाउन सकिने छ । पिलरमा जति तला बनाउँदा पनि फरक नपर्ने र लोड ब्यारिङ २९३ तल्लासम्म बनाउन सकिने छ ।
बजारमा नयाँ उत्पादन भएकाले माग बढ्दै गएको कम्पनीको दावी छ । ८ ईन्च हाईट र २४ ईन्च लम्बाईका ४, ६ र ८ ईन्च मोटाईका ३ प्रकारका उत्पादन सुरु गरिएको डा. अमात्यले बताए । यसअघि सुर्खेत, नेपालगंजमा समेत कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला भरिका करिब २ सय सहभागी भएका थिए । पुजा अमात्यको सहजीकरणमा भएको कार्यक्रममा सञ्चालक दिनेशमान श्रेष्ठको प्रस्तुतीकरण रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij