
बिहिवार , कार्तिक २०, २०७७
अर्घाखाँची, २० कार्तिक ।
अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमलाई कोरोना पुष्टि भएको छ । दुई दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, खानाको स्वाद गन्ध पत्ता नहुने, पखाला लाग्ने, छाती भारी हुने जस्ता लक्षण देखा परेपछि पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको छ । डा. गौतमले आफुलाई कोरोना पुष्टि भएको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
अर्घाखाँची अस्पतालमा ४ जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मी हाल सक्रिय संक्रमित उपचाररत रहेको जानकारी दिदै विगत केही समयदेखि आफु संग सम्पर्कमा आएका व्यक्तिहरु लाई समेत गौतमले आइसोलेसनमा बस्न अनुरोध गरेका छन् । जिल्लाभर हाल ६७ जना सक्रिय संक्रमित हाल उपचाररत रहेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij