२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सिद्धार्थ विश्वज्योति मल्टीप्रपोज कम्पनीले ‘राष्ट्रियव्यापी सर्भिस क्याम्प’ गर्दै

शुक्रवार , बैशाख २, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २ वैशाख ।
    फोर्स मोटर्स नेपालको लागि आधिकारिक आयातकर्ता तथा वितरक श्री सिद्धार्थ विश्वज्योति मल्टीप्रपोज कम्पनी प्रा.लि.ले यही वैशाख ४ देखि वैशाख ९ गतेसम्म ‘राष्ट्रियव्यापी सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।

    क्याम्पमा फोर्स मोटर्स इण्डियाको इञ्जिनियर तथा फोर्स मोटर्सको सुरुवात दिनदेखि काम गर्दै आएका अनुभवी मिस्त्रीहरुबाट कम्पनीको कुनै पनि गाडीहरुको चेकजाँच तथा सभिसिङ्ग गरिने सर्भिस इञ्जिनियर राहुल गुप्ताले बताए । स्पेयर पाटर्स तथा लुबरीकेन्टमा १० प्रतिशत छुट र गाडी चेकजाँच गरेको कुनै पनि शुल्क नलाग्ने गुप्ताले जानकारी दिए ।

    कम्पनीको पुरानो ग्राहक र नियमित कम्पनीमा सभिसिङ्ग गर्न आएको ग्राहकहरुलाई विशेष उपहारको व्यवस्था गरिएको सिद्धार्थ विश्वज्योति मल्टीपर्पोज कम्पनीका प्रबन्ध निर्देशक प्रविन भारीले जानकारी दिए । आफूलाई पायक पर्ने सर्भिस सेन्टरमा गई मौकाको फाइदा उठाउन उनले आग्रह गरे ।

    त्यस्तै नव वर्ष २०७९ को अवसरमा फोर्स मोटर्सको कुनै गाडी खरिदमा ल्यापटप मोबाइल वा टेलिभिजन र रु ५० हजारदेखि ३ लाखसम्म छुट हुने सिद्धार्थ विश्वज्योति मल्टीपर्पोज कम्पनीका अध्यक्ष दिनेश अमात्यले जानकारी दिए ।