२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

अग्रगामी निकासका लागि राजनीतिक दलकाबीच दृढ संकल्प आवश्यक : शेरचन

बिहिवार , बैशाख १, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • लुम्बिनी, १ वैशाख ।
    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७९ प्रारम्भसँगै राजनीतिक दलबीच समन्वय र समझदारी कायम हुने बताएका हुन् ।

    प्रदेश प्रमुख शेरचनले राजनीतिक दलबीच राजनीतिक स्थिरता र स्थायीत्व कायम होस भन्ने जनताको चाहनासहितको समृद्धिको यात्रामा अगाडि बढाउन नयाँ वर्षमा समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा प्रदेश प्रमुख शेरचनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुलुकको अग्रगामी निकासका लागि सबै राजनैतिक दलकाबीच दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे ।

    आउँदो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ ढंग र अग्रगामी प्रगतिशिल सोचबाट जनतालाई अनुभूति हुने गरी कार्यसम्पादन गर्ने समेत उनले विश्वास व्यक्त गरे । विधि नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कारको विकासमा अभिप्रेरित हँुदै विधिलाई लोकतान्त्रिक पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे । रासस