२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम सम्पन्न 

बिहिवार , बैशाख १, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १ वैशाख ।
    राष्ट्रिय जेष्ठ नागरिक समाज वाणगंगा नगरपालिका वडा नम्बर ६ कपिलवस्तुले दिवासेवा कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिरदेखि सुरु भएको वडास्तरीय घुम्ती कार्यक्रम चैत मसान्तमा सम्पन्न भएको हो । वडाका विभिन्न टोलमा भएको कार्यक्रममा ५ सय जना जेष्ठ नागरिकको उपस्थित रहेको समाजका नगर सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष खगिश्वर बेल्बासेले बताए ।

    सरकारले जेष्ठ नागरिकलाई प्रोत्साहन हुने खालको कार्यक्रम ल्याएर सबैलाई जम्मा हुने मनोरञ्जन दिने गर्दा सबै खुशी भएको बताउँदै सरकारले यस्ता कार्यक्रममा बजेट बढाउनुपर्ने र वर्षभरी नै कार्यक्रम गर्नुपर्ने अध्यक्ष बेल्बासेले बताए ।

    सरकारले ल्याएको दिवा सेवा कार्यक्रमले वृद्ध नागरिकलाई हौसला प्रदान गरेको र वर्षभरी नै यस्ता कार्यक्रम गर्दा दिन बिताउन रमाइलोसँग सकिने घनश्याम उपाध्यायले बताए ।

    सरकारले आगामी वर्षदेखि हरेक हप्ता गर्ने गरी योजना ल्याएमा वृद्धको सम्मान हुने कार्यक्रममा सहभागी चुरामणि रायमाझीले बताए । लुम्बिनी प्रदेश सरकारले ५० हजार अनुदान सहयोगले कार्यक्रम गरेको सचिव प्रेम भट्टराईले बताए । आगामी दिनमा बजेट बढाउन सचिव भट्टराईले प्रदेश सरकारलाई आग्रह गरे । कार्यक्रमको संरक्षण र रेखदेख वाणगंगा नरपालिका वडा नम्बर ६ को कार्यालयले गरेको थियोे ।