२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

पत्रकार महासंघ रुपन्देहीको क्यालेण्डर सार्वजनिक 

बिहिवार , बैशाख १, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • रुपन्देही, १ वैशाख ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ वर्ष २०७९ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । बिहीबार पत्रकार महासंघ रुपन्देहीको पदाधिकारी र कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

    पत्रकार महासंघ रुपन्देहीको हलमा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै अध्यक्ष रामराज पोखरेलले क्यालेण्डर संस्थागत दस्तावेज भएको बताउँदै यसमा संस्थाका क्रियाकलापहरु प्रस्तुत हुने बताए । 

    क्यालेण्डर सार्वजनिक कार्यक्रममा महासंघका अध्यक्ष पोखरेल, उपाध्यक्षद्वय विश्वास ढकाल र अमृता अनमोल, सचिव विनोद परियार, सहसचिव विरेन्द्र कुवर, कोषाध्यक्ष सञ्जय सौगात, कार्यसमिति सदस्यहरु प्रदीप आचार्य, प्रकाश आचार्य, पुनहरी बेल्बासे, कार्यालय सचिव सागर पन्थी लगायतको सहभागीता रहेको थियो।

    बिहीवार नै बसेको महासंघको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता विषयक कार्यक्रम गर्ने निर्णय गरेको महासंघका सचिव विनोद परियारले बताए । निर्वाचन कार्यालयको सहयोग तथा महासंघको समन्वयमा पत्रकार, सञ्चार संस्था, पत्रकार संगठन लगायतको सहभागिता रहने सचिव परियारले जानकारी दिए ।