२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

भैरहवामा संस्कृति रक्षा र्‍याली (फोटोफिचर)

बिहिवार , बैशाख १, २०७९

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  •  

    भैरहवा, १ वैशाख ।
    हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा विभागको आयोजनामा बिहीबार भैरहवामा संस्कृति रक्षा र्याली निकालिएको छ ।

    ‘हाम्रो नव वर्ष, हाम्रो गौरव’ भन्ने नाराका साथ र्याली निकालिएको हिन्दू स्वयंसेवक संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।

    भैरहवास्थित लुम्बिनीगेटबाट सुरु भएको र्याली गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल, उद्योगपुरी, गल्लामण्डी, खजहनाचोक, आँखा अस्पताल, देवकोटाचोक, बैंकरोड, नारायणपथ, बुद्धचोक हुँदै पुनः लुम्बिनीगेटमा पुगेर समापन भएको उपाध्यायले जानकारी दिए । नयाँ वर्ष (विक्रम सम्वत)को स्वागत गर्दै र्याली कार्यक्रम गरिएको उनले बताए । र्यालीमा मोटरसाइल, कार, स्कुटर, पीकअप लिइ सर्वसाधारण स्वतस्र्फूत रुपमा सहभागि भएको उनको भनाइ छ । ‘र्याली सन्देशमुलक हो, विगतका वर्षमा पनि स्वागत उत्सव, संस्कृति रक्षा दौड लगायतका कार्यक्रम गरी नयाँ वर्षलाई धुमधामसँग मनाउँदै आएका छौं, ’उनले भने । हिन्दू धर्मको संरक्षणका लागि सचेत रहेको र धर्ममाथि प्रहार गर्न नपाइने उनले बताए । 

    IMG_6191.JPG

    र्यालीको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले भने, ‘हिन्दू धर्मले के भन्छ भने आफ्नो धर्मको रक्षा गर्दागर्दै मानव जाति, मानव धर्मको रक्षा गर्नुपर्छ, त्यसको लागि हरेक धर्मको रक्षा होस् भन्ने चाहना र शुभकामना व्यक्त गर्न चाहन्छौं ।’ हिन्दु स्वयंसेवक संघले निरन्तर विभिन्न कार्यक्रम गरिरहेको र त्यसमा साथ रहँदै आफ्नो दायित्व निर्वाह गर्ने उनले बताए । आफ्नो धर्म संस्कृतिको रक्षाले मात्र जीवनको लक्ष्य प्राप्ती गर्ने उनको भनाइ थियो । ‘धर्म/अध्यात्मवादलाई साक्षी नराखीकन हामीले जीवनको लक्ष्य प्राप्त गर्न सक्दैनौं, ’उनले भने ।

    IMG_6201.JPG
    IMG_6183.JPG

    कार्यक्रम संयोजक दुर्गा प्रकाश गुप्ताले प्रत्येक वर्षझै यस वर्ष पनि संस्कृतिको रक्षा गर्न कार्यक्रममार्फत जमर्को गरिएको बताए । उनले र्यालीमा भएको सहभागिताले उर्जा बढेको बताए ।

    IMG_6170.JPG
    IMG_6192.JPG
    IMG_6151.JPG
    IMG_6155.JPG
    IMG_6144.JPG
    IMG_6174.JPG
    IMG_6175.JPG
    IMG_6210.JPG