
बुधवार , कार्तिक १९, २०७७
भैरहवा, १९ कार्तिक ।
रुपन्देहीमा बुधबार थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ४० महिला र ५२ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका ३६, सिद्धार्थनगर नगरपालिकाका २९, तिलोत्तमा नगरपालिकाका १४, सैनामैना नगरपालिकाका ६, देवदह नगरपालिकाका ३, मायादेवी गाउँपालिकाका २, सियारी र ओमसतिया गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ६ सय ९ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । जिल्लामा ४ हजार ६ सय ३२ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ९ सय २ संक्रमित उपचाररत छन् ।
स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij