२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा वृक्षारोपण

बिहिवार , बैशाख १, २०७९

भैरहवा, १ वैशाख । 
रोट्रयाक्ट क्लब अफ कोटिहवाले बिहीबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण गरेर नयाँ वर्षको सुरुवात गरिएको क्लबले जनाएको छ । क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ वभनीस्थित ओसिस कटेजमा वृक्षारोपण गरेको अध्यक्ष पुजन बस्यालले बताए । नीम, रुद्राक्ष, गुलमोहर लगायत प्रजातिका २० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक शंकर वि.क.ले जानकारी दिए ।

रोपिएको विरुवाहरुको संरक्षण क्लबले गर्ने क्लबका सर्भिस डाइरेक्टर प्रेम गुरुङले बताए । कार्यक्रममा नमस्ते एकेडेमीका शिक्षकद्वय ऐरियल मोडेइरा र मार्टिन इस्फोर्सको आतिथ्यता रहेको थियो । कृष्ण कार्की (डी.जे.) को सहयोगमा कार्यक्रम सम्पन्न भएको क्लबले जनाएको छ । 

278108622_700920241097745_445195665076377523_n (1).jpg