
बुधवार , कार्तिक १९, २०७७
बुटवल, १९ कार्तिक ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको महामारीविरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको छ । अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माणदेखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै महामारीविरुद्धको अभियानमा सहकार्य जारी छ ।
बुटवलमा कोरोना विशेष अस्पताल र मुलुकमै नमुना आइसोलेशन सेन्टर निर्माणदेखि महामारीविरुद्धका विभिन्न काममा निजी क्षेत्र एवं सामाजिक संघ-संस्थाले सहकार्य गरेका छन् ।
यसै क्रममा महामारीविरुद्धको बुटवल उपमहानगरपालिकाको अभियानमा चाईनिज मोनास्ट्री/किंग वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रा.लि. लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटबल उपमहानगरपालिकाका लागि हस्तान्तरण गरेको हो ।
ती दुईवटा चिनीया अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा आएको दुईलाख थान मेकिडल स्तरको गुणस्तरीय सर्जिकल माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।
सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इञ्जिनियर बिजेन्द्र सोमरेले बुधबार एक समारोहकाबीच दुई लाख थान सर्जिकल माक्स बुटवलका लागि हस्तान्तरण गरिएको थियो ।
त्यसक्रममा नगरप्रमुख सुवेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरी निजी क्षेत्र, सामाजिक संघ–संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको भन्दै प्रशंसा गरे । उनले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको स्मरण गरे ।
प्रमुख सुवेदीले बुटबल उपमहानगरपालिका र चीन सरकारसंगको भगिनी सम्बन्ध स्थापनाले आपसी सहयोग र सहकार्यले अझ उच्च प्राथमिकता पाएको भन्दै आगामी दिनमा पनि निरन्तरता जरुरी रहेको बताए ।
सो अवसरमा बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल र चीनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र आपसी सहयोग आदानप्रदानमा चिनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा. राजिव झाले आपसी सहयोगका कार्यक्रम जारी रहने बताए ।
बुटवल उपमहानगरपालिका र चीको सियान सिटीका बीचमा गत वर्ष सिस्टर रिलेसनशिप (भगिनी सम्बन्ध) कायम भएको थियो । चीनको उक्त शहर हालका राष्ट्रपति सीचिन पिङ तथा माओको जन्मस्थल समेत हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij