
बुधवार , चैत्र ३०, २०७८
काठमाडौँ, ३० चैत ।
गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा वि.सं २०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालिन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरे ।
स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाँणले बताए ।
त्यस्तै सहमति कार्यान्वयनका लागि फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । छलफल सकारात्मक रहेकाले अर्को बैठक बसेर टुंग्याउने सहमति बनेको छ । गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij