२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

निजामती कर्मचारी युनियन रुपन्देहीद्वारा क्यालेण्डर बिमोचन

बुधवार , चैत्र ३०, २०७८

बुटवल, ३० चैत ।
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बुटवलमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले भताभुङ्ग पारेको देशलाई काँग्रेस नेतृत्वको सरकारले सम्हालेर सही दिसा दिन सफल भएको बताए । जनताले दुईतिहाई दिएर पठाउँदा समेत कम्युनिष्टहरुले देश चलाउन नसकेपछि नेपाली काँग्रेसले मुलुकलाइ सहि दिसा दिन गठबन्धन सरकारमार्फत अगाडी बढ्नुपरेको उनले बताए ।

तीन वर्षमा कम्युनिष्टहरुले देशको अर्थतन्त्र मात्रै नभइ कर्मचारीतन्त्र पनि ध्वस्त बनाएको भन्दै पाण्डेले त्यसकाविरुद्ध अवको निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिएर देश र जनताको हितमा निर्णय लिन कर्मचारीहरुलाइ आग्रह गरे । ‘कम्युनिष्ट सरकारका पालामा कर्मचारीहरुमाथि भएका ज्यादती तपाईहरुले सम्झिनु भयो भने मात्रै पनि काँग्रेसको जित सुनिश्चित छ’ काँग्रेस बुटवल नगर सभापति पाण्डेले भने ।

कार्यक्रममा कर्मचारी युनियनका नेताहरुले कर्मचारीमैत्री संघीय निजामती कर्मचारी ऐन ल्याउन सरकारलाइ आग्रह गरे । दुईतिहाइको कम्युनिष्ट सरकारले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा पनि संघीय निजामती कर्मचारी ऐन नबनाएर कर्मचारीतन्त्रलाई नै ध्वस्त बनाउन खोजेको भन्दै उनीहरुले वर्तमान सरकारले छिटो ऐन ल्याउने तयारीमा रहेको जानकारी आफूहरुले पाएको बताए । 

कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक मदन गौतमले ऐन कानुन बिनै कम्युनिष्ट सरकारले जबरजस्ती कर्मचारीहरुलाई समायोजनमा धकेल्दा कर्मचारीतन्त्र र संघीयता कार्यान्वयनमै असर परेको बताए । 

युनियनका रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रिय उपमहासचिव इन्दु शर्मा, केन्द्रिय सचिव प्रकाश भट्टराई, केन्द्रिय सदस्यहरु मनिस अधिकारी, नविन पन्थी, नवलपरासी अध्यक्ष सनत गिरी, आधिकारिक ट्रेड युयिनयन अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, रुपन्देही उपाध्यक्ष टेकराज पन्थी, सह–सचिव पदम आचार्य लगायतले बोल्दै संघीय निजामती कर्मचारी ऐन कार्मचारी मैत्री हुनुपर्ने र त्यसका लागि अबको निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमत दिएर राष्ट्रको नेतृत्व काँग्रेसले नै गर्ने अवसर दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेण्डर विमोचन गर्नुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।