
मंगलवार , चैत्र २९, २०७८
बुटवल, २९ चैत ।
नागरिक संवाद केन्द्र बुटवलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको बारेमा अभिमुखीकरण गरेको छ । कानून निर्माण र कानूनको विषयमा छलफल गर्ने नागरिक संवाद केन्द्र बुटवलले वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको बारेमा जानकारी गराएको हो ।
केन्द्र बुटवल प्रमुख हेमा न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक दलको आय तथा व्यय, निर्वाचन खर्च तथा निर्वाचन प्रचारप्रसार सम्बन्धि आचारसंहिताको बारेमा बुटवलका सत्ता तथा प्रतिपक्षका दललाई जानकारी गराएकी थिइन् ।
कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका बुटवल उपमहानगरका कमिटिहरुलाई जानकारी गराइएको हो ।
राजनीतिक वित्तको नियमन, निर्वाचन खर्च तथा प्रचारप्रसार सम्बन्धी आचारसंहिता, राजनीतिक दलको आर्थिक स्रोत र नियमन, खर्च निर्धारण, खर्च गर्दाका पालना गर्नुपर्ने आचरण, सवारीसाधनको प्रयोग सम्बन्धि आचरण तथा अनुगमनका बारेमा जानकारी गराएकी थिइन् । उनले आचारसंहितामा कार्यान्वयन गराउनको लागि आग्रह गर्दै कार्यान्वयन नहुदा हुन सक्ने जोखिम (कारवाही) को बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका बुटवल उपमहानगर अध्यक्ष पदम श्रेष्ठ, नेपाली कांग्रस बुटवल नगर सचिव गंगा पन्थी, नेकपा एमाले नगर समितिबाट कमला ज्ञवाली भण्डारी, माओवादी केन्द्रबाट पुष्पराज ढकाल, नेकपा (एकीकृत समाजवादी) ऋषिराम बस्याल लगायतले आचारसंहिता कार्यान्वयन गर्ने बताएका थिए । उनीहरुले आचारसंहिता अध्ययन गरे पनि मसिनो गरी बुझ्न पाएको बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij