२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राप्रपा रुपन्देहीको निर्वाचनलक्षित घरदैलो अभियान सुरु

मंगलवार , चैत्र २९, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २९ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले सोमबारदेखि निर्वाचनलक्षित घरदैलो अभियान सुरु गरेको छ । ‘मेरो मत राप्रपालाई, मेरो मत हलो’ लाई भन्ने नाराका साथ अभियान सुरु गरिएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए । जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सुरु गरिएको उनले जानकारी दिए ।

    यसैबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका प्रमुख पदका उम्मेदवार सागर प्रताप राणाले अभियानको शुभारम्भ गरेका छन् ।

    277993193_499474515143354_4480310973030214772_n.jpg

    निर्वाचनलक्षित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको राप्रपाले जनाएको छ ।

    277969394_550849599667174_7069047374039308771_n.jpg
    278053975_685785526066083_8636453742365371811_n.jpg