२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सियारी र शुद्धोधन गाउँपालिकाका अध्यक्षले गरे सेवा सुविधा फिर्ता

सोमवार , चैत्र २८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • रुपन्देही, २८ चैत । 
    रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले आफूले लिँदै आएको सेवा सुविधा फिर्ता गरेका छन् ।

    स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीको निर्वाचनको लागि खटिनुपर्ने र जनप्रतिनिधिको रूपमा पाएको सेवा सुविधा लिएर पार्टीको काममा खटिनु उचित नहुने भएकोले सेवा सुविधा त्याग गरेको चौधरी र थारुले बताए ।

    २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा थारु सियारी र चौधरी शुद्धोधन गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

    हाल जनप्रतिनिधि रहेका व्यक्तिहरू फेरि उम्मेदवार बन्न खोजे अहिले पाइरहेको सेवा सुविधा त्याग्नुपर्ने निर्वाचन आयोगको नियम अनुसार आफूले गाउँपालिकाबाट प्राप्त गरेको सेवा सुविधा त्याग गरेको शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

    सियारी र शुद्धोधनमा आगामी निर्वाचनको लागि समेत थारु र चौधरी दुवै जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् ।

    निर्वाचन आयोगले हालका जनप्रतिनिधिहरूले फेरि पनि उम्मेदवारी दर्ता गरेपछि सेवा सुविधा त्याग्नुपर्ने बताएको छ ।
    चौधरी र थारुले भने उम्मेदवार बन्ने घोषणा गरेपछि चैत्र २७ गतेदेखि नै लागू हुने गरी उक्त सेवा सुविधा छोडेका हुन् ।