२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एमालेले अर्घाखाँचीका ३ पालिकामा उम्मेदवार छान्यो

सोमवार , चैत्र २८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, २८ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । एमालेको पालिकास्तरीय बैठकबाट शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाएको हो ।

    एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालका अनुसार, भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको छ । माओवादीबाट भूमिकास्थानमा प्रमुख जितेका थापा केही साताअघि एमाले प्रवेश गरेका थिए । 

    शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीको सिफारिस भएको छ । पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको छ । थप छलफलपछि उपाध्यक्षको नाम सार्वजनिक गरिने एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए । 

    बाँकी रहेका छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लगाउने अध्यक्ष भुसालले बताए ।