२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

गोलीसहित विमानस्थलबाट एकजना पक्राउ

सोमवार , चैत्र २८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ, २८ चैत। नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन। प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो।

    नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो। उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन। घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस