२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

सिद्धार्थनगर–५ मा राप्रपाको चुनाव प्रसार कार्यालय उद्घाटन

सोमवार , चैत्र २८, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, २८ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ ।  वडा नम्बर ५ स्थित कल्याणपथमा खोलिएको कार्यालय एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

    ajgp.jpg

    इकाई अध्यक्ष तथा प्रस्तावित वडा सदस्यका उम्मेदवार ममता मकाजुको अध्यक्षता, राप्रपा जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, पूर्व केन्द्रीय सदस्य सुमन राणा, जिल्ला सचिव बलराम शर्मा, युवक संगठन अध्यक्ष शंकर खत्री, नगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नगर उपाध्यक्ष कृष्ण अर्याल, प्रस्तावित वडा अध्यक्ष उम्मेदवार विश्व प्रसाद श्रेष्ठ, नेताहरु मनोज जैसवाल, आरती पोडे लगायतको उपस्थिति रहेको थियो ।