२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

कांग्रेसबाट निर्वाचित गैडहवा–१ का वडाअध्यक्ष एमालेमा प्रवेश

सोमवार , चैत्र २८, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २८ चैत ।
    रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रदिप कुमार चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित चौधरी उक्त पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

    नेता चौधरीको नेतृत्वमा २ सय जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायत विभिन्न परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको गुप्ताले जानकारी दिए । उनले गैडहवा एमालेको बलियो आधार क्षेत्र बन्दै गएको दावी गरे ।

    एमाले गैडहवा गाउँपालिका कमिटीको आयोजनामा आइतबार भएको स्थानीय निर्वाचन परिचालन कमिटी प्रचार प्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरुलाई एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उनको भनाइ थियो ।