२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

लुम्बिनी–९ मा राप्रपाको प्रचार–प्रसार कार्यालय उद्घाटन 

सोमवार , चैत्र २८, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २८ चैत ।
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव प्रचार–प्रसार कार्यालय (सम्पर्क कार्यालय) आइतबार उद्घाटन गरिएको छ ।

    277954414_1320286201789562_4103504504529214264_n.jpg

    इकाई अध्यक्ष तथा प्रस्तावित वडा अध्यक्षका उम्मेदवार रामऔतार यादवको  अध्यक्षता, राप्रपा जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताको प्रमुख अतिथ्यता, जिल्ला सचिव बलराम शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य युवराज तिमिल्सिना, क्षेत्रीय अध्यक्ष गंगाराम जैसवाल, युवा नेता मनोज जैसवाल लगायतको उपस्थिति रहेको थियो  । कार्यक्रम सञ्चालन नेता किसु गौतमले गरेका थिए ।

    277981838_2199541330208333_3082631364649793688_n.jpg