२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

विद्युतीय सुरक्षा दिवसमा विविध कार्यक्रम

आइतवार , चैत्र २७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, २७ चैत ।

    विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा कर्मचारीलाई सुरक्षा सपथ तथा प्रभातफेरी कार्यक्रम गरी मनाईएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा शनिबार प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा सहभागी कर्मचारीहरुले प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ, सुरक्षाप्रतिको चासो, दुर्घटनाबाट बच्न साँचो, विद्युत दुर्घटनाबाट बच्न सचेत रहौ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौ, विद्युत चोरी गर्नु दण्डनीय अपराध हो लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले काम गर्ने कर्मचारी र उपभोक्ता दुबै पक्षलाई विद्युतीय सुरक्षाको बारेमा सचेतना जगाउन कार्यक्रम गरिएको बताए । कर्मचारीहरुलाई सुरक्षा सपथ खुवाएर कार्यक्रम सुरु गरिएको उनले बताए । नेपालमा वि.सं. २०७४ साल चैत २६ गतेदेखि प्रत्येक वर्ष दिवस मनाउन थालिएको उनले बताए । दिवसकै अवसरमा सप्ताहव्यापी रुपमा फिल्डमा खटिने कर्मचारीहरुलाई लक्षित गरी ३ दिने व्यवहारिक सुरक्षा तालिम दिइएको थियो ।

    तालिमलाई बुटवल वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौधरीले सहजीकरण गरेका थिए । आधारभुत विद्युतीय सुरक्षा सम्बन्धि तालिम दिइएको बताए । तालिममा पीपीई प्रयोग, सेफ्टी व्यवस्थापन, उपकरणहरु प्रयोग जस्ता सामान्य कुराहरु जसले सुरक्षामा धेरै महत्व दिने विषयलाई समेटेर तालिम दिइएको उनले बताए ।

     


    तालिममा आकस्मिक उद्दार, मेडिकल, इञ्जिनियर जस्ता विषयहरु समेत समावेश गरिएको थियो । देशभरका वितरण केन्द्रहरुमा आ–आफ्नो ठाउँमा दिवस मनाउँदै आएका छन । कार्यालयका लेखा प्रमुख देवीमाया दाहालले विद्युतीय कार्य संवेदनशील कार्य भएको भन्दै यसमा लागेका कर्मचारीहरुलाई वर्षभरी नै तालिमहरु सञ्चालन गरिदै आएको बताइन् ।

     


    राष्ट्रिय कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्ष कल्पना थापाले सचेतना कार्यक्रमहरु गरिदै जाँदा यसले पहिले भन्दा दुर्घटनाको दर न्यूनीकरण भएको बताइन् । लुम्बिनी प्रदेशमा १ हजार ३ सय कर्मचारीहरु कार्यरत छन् ।