२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

फ्युचरलाइटद्वारा सर्वोत्कृष्ट ४ विद्यार्थीलाई अवार्ड प्रदान

शनिवार , चैत्र २६, २०७८

भैरहवा, २६ चैत । 
रुपन्देहीको मायादेवी गाउँपालिका–८ अवस्थित फ्युचरलाइट स्कूलले अध्ययनरत विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । वर्षौदेखि अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको क्षमता अनुसार विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको हो । 

पढाई सकेर जाने विद्यार्थीहरुका लागि अहिले विदाई भन्दै कार्यक्रम गरेकोले फरक रुपमा दिन विद्यार्थीले गरेको परिश्रमको फलको रुपमा अवार्ड प्रदान गरिएको विद्यालयका प्राचार्य गम्भिर गुरुङले बताए । ‘कोही विद्यार्थी पढाईमा उत्कृष्ट हुन्छ, कोही अन्य विधामा सबैको दक्षतालाई आकलन गर्दै सोही अनुसारको अवार्डबाट सम्मान गरिएको छ, ’प्राचार्य गुरुङले भने । 

विद्यालयले शैक्षिक सत्र २०७८ का लागि ३ जना छात्रा र १ जना छात्रलाई उत्कृष्ट अवार्ड प्रदान गरेको छ । त्यस्तै अनुशासन, चित्रकला, नृत्य, गायन, खेलकुद, हेण्डराइटिङ, उपास्थिति प्रोजेक्ट र उदयमान विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाकारी दिएको छ । अवार्डलाई भविष्यमा विद्यार्थीहरुको सफलताको प्रमाणको रुपमा पेश हुने र यसले विद्यार्थीहरुमा थप हौसला प्रदान हुने उद्देश्यका साथ यस वर्षबाट सुरुवात गरिएको छ । 

विद्यालयले विद्यार्थीलाई कहिले पनि विदा गर्दैन, विद्यार्थी सधै विद्यालयका लागि हुने हुँदा अवार्डलाई फरक रुपमा मात्रै प्रदान गरिएको हो । 

मायादेवी गाउँपालिका शिक्षा शााखाका  प्राविधिक प्रमुख मधुसुधन बेलबासे, प्राचार्य गुरुङ र शिक्षकहरुले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनीहरुले विद्यार्थीहरुको अन्तरनीहित प्रतिभालाई विद्यालयले तल्लो तहबाट नै प्रस्फुटन गरेको, भविष्यमा प्रतिष्पर्धामा जानका लागि बाटो खोलेको र वर्षभरीको विद्यार्थीको कदर अवार्डबाट भएको बताए ।

छोटो समयमा नै पढाईमा मात्रै नभएर सबै विद्यामा विद्यालय उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले यसलाई निरन्तरता दिदै आँउदै गरेको पहिलो खुडकिलो एसईई परीक्षामा उत्कृष्ट उपलब्धी हासिल गर्न शुभकामना दिए । एसईई परीक्षामा विद्यालयबाट यस वर्ष १४ छात्रसहित ३१ विद्यार्थी सहभागि हुँदैछन ।