२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

रोटरीको बैठकमा क्लासिफिकेशन

शनिवार , चैत्र २६, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल, २६ चैत ।
    रोटरी क्लब अफ बुटवलको १४०९ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा व्यवसायी एवं शेयर बजारबारे जानकार नारायण भण्डारीको क्लासिफिकेशन रहेको थियो ।

    त्यस अवसरमा आफ्नो धारणा राख्दै भण्डारीले आफ्नो व्यवसायिक सफलताबारे जानकारी दिंदै शेयर बजारको बारेमा आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।

    शेयर बजार घट्यो भनेर नियामक निकायलाई गाली गर्नुभन्दा लगानी गर्दा नै विचार पुर्याउनुपर्ने उनले बताए । उनले नराम्रो ‘पोर्टफोलियो’ भएका कम्पनीले शेयर बजार उचालेका कारण आज घट्नुलाई स्वाभाविक भएको बताए । राम्रा कम्पनीमा लगानीकर्ता आएर बजार माथि पुगेको भए यो अवस्था नआउने पनि उनको भनाइ छ ।

    बैठकमा रोटरीयनहरु थानेश्वर पौडेल, प्रज्वल थान्जु, लेखनाथ भुसाल, विरेन्द्र राना लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । 
    त्यस्तै बैठकमा कार्यबाहक सचिव रोम शर्माले झापाको धुलावारीमा भएको डिष्टिक कन्फ्रेन्स र त्यहाँ आयोजित १४०८ औं नियमित बैठकका बारेमा जानकारी गराएका थिए ।