२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

नेपाल ईट्टा उद्योगको अध्यक्षमा चन्द

शुक्रवार , चैत्र २५, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा। नेपाल ईट्टा उद्योग महासंघको केन्द्रिय अध्यक्षमा शंकर बहादुर चन्द निर्वाचित भएका छन्। बिहिबार भैरहवामा सम्पन्न महासंघको पाचौं महाधिवेशनले चन्दको नेतृत्वमा निर्बिरोध नया कार्यसमिति चयन भएको हो।

    महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अवाल, प्रथम उपाध्यक्षमा विनय कुमार यादव र राजेन्द्र प्रसाद प्रजापति निर्वाचित भएका छन्। यसै गरि महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले निर्विरोध निर्वाचित भएका छन्।

    महासंघको सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैनुल खाँ निर्वाचित भएका छन्। त्यसै गरि सहसचिवमा आशाराम फाँजु, रमेश खनाल, नागेन्द्र चौधरी र सह कोषाध्यक्षमा लक्ष्मी प्रसाद त्वानावासु, बाबुराम पाठक, राम विनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत चयन भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताए ।

    त्यसैगरी महासंघको सदस्यहरुमा गोविन्द राम पन्थ, एकराज गजुरेल, टंक बहादुर बुढा, राम आशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दिप बहादुर ऐर र शिवशंकर महतो निर्विरोध निर्वाचित भएका छन्।