बिहिवार , चैत्र २४, २०७८
भैरहवा, २४ चैत ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ । सीपमुलक कार्यक्रम अन्र्तगत ३० जना महिलाहरुलाई अचार बनाउने तालिम सुरु भएको हो । लुम्बिनी हेल्प फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा भएको तालिम वडा नम्बर ३ को आयोजनामा भएको हो ।
वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रुपा पुन लगायतले बोलेका थिए । वडा सदस्य बेल कुमारी निरंजनको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव रामलाल भुसालले गरेका थिए ।
यसैबीच वडा नम्बर ३ कै आयोजनामा वडास्तरीय क्रिकेट खेल प्रतियोगिता सम्पन्न भएको छ । ४ वटा टिम सहभागी खेलमा दरखसवा टीम प्रथम भई ७ हजार नगद पुरस्कार प्राप्त गरेको थियो भने दोस्रो हुने खजहना टीमले ४ हजार नगद पुरस्कार प्राप्त गरेको छ । दरखसवा खेल मैदानमा भएको खेल प्रतियोगितामा अध्यक्ष थानेश्वर पौडेलले खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा बेल कुमारी निरंजन, रुपा पुन लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij