
बिहिवार , चैत्र २४, २०७८
भैरहवा, २४ चैत ।
सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्रका राष्ट्रिय खेलाडी र कोराना महामारीमा सहयोग पुर्याउने संघ–संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । विगत दुई वर्षदेखि कोरोनाको महामारीमा आफनो ज्यानको बाजी राखेर सहयोग गर्ने व्यक्ति तथा आर्थिक तथा भौतिक रुपमा पनि सहयोग गरेकाहरुलाई प्रोत्साहन स्वरुप नगरपालिकाले सम्मान गरेको हो ।
त्यस्तै खेलका विभिन्न विधामा नगरभित्र रहेर नगरको शिर उचो बनाउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद खादा र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका विभिन्न संघ–संस्था तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव लगायतले बोलेका थिए । सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको स्वागत तथा प्रशासन शाखा अधिकृत शेखरनाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij