२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

वनको नेतृत्व तहमा समेत ५० प्रतिशत महिला पुर्‍याउन आग्रह 

बिहिवार , चैत्र २४, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, २४ चैत ।
    वनमा व्यवस्था भएको लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई अक्षरस पालना गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । उनीहरुले वन उपभोक्ता समूहमा ५० प्रतिशत महिला सहभागिता मात्र होइन नेतृत्वमा समेत ५० प्रतिशत पुर्याउने नियमलाई कार्यान्वयनमा ल्याउन आग्रह गरे । वन, वातावरण तथा भु–संरक्षण मन्त्रालय लुम्बिनीको आयोजना र संचारिका समूह लुम्बिनी प्रदेशको संयोजनमा बुधबार बुटवलमा भएको लैंगिक समानता तथा सामाजिक समावेशीकरण अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । 

    ग्रामीण क्षेत्रमा प्राकृतिक स्रोतसंग बिहान बेलुका वनमा जोडिने धेरै महिला भएकाले सामुदायिक वनमा महिला र पुरुषको समान सहभागिताको व्यवस्था गरिएको सरोकारवालाहरुले बताए । विरुवा रोप्ने, त्यसको संरक्षण गर्ने, रोपेका विरुवा छोराछोरीलाई जस्तै हुर्काउने काममा महिलाहरुको सक्रिय योगदान रहे पनि विक्रीवितरण र लाभांश वितरणमा महिला तथा सीमान्तकृत समूदायलाई नसोधिने उनीहरुले बताए । कार्यक्रममा बोल्दै वन, वातावरण तथा भुसंरक्षण मन्त्रालयका सचिव दुर्गा बहादुर कार्कीले ग्रामीण क्षेत्रमा प्राकृतिक स्रोतसंग बिहान बेलुका वनमा जोडिने धेरै महिला सामुदायिक वनमा महिला र पुरुषको समान सहभागिताको व्यवस्था गरिएको बताए । कानुनत महिला एवं सीमान्तकृत वर्गको सहभागिता नभए त्यसको विरोध गर्न वा डिभिजन वनमा उजुरी गर्न उनले आग्रह गरे । 

    ban gender.jpg

    सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रीता घिमिरेले विरुवा रोप्ने, त्यसको संरक्षण गर्ने, रोपेका विरुवा छोराछोरीलाई जस्तै हुर्काउने काममा महिलाहरुको सक्रिय योगदान भए पनि लाभांश वितरणमा सहभागिता हुनु नसकेको बताइन् । 

    सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य बालिका बुढाथोकीले वनमा सामुदायिक वनको विधानमा घरमुलीको नाम लेख्दा महिला र पुरुष दुवैको लेख्नुपर्ने लगायतका राम्रा व्यवस्था भएकाले त्यसलाई निर्णायक पहुँचमा पुर्याउनुपर्ने बताइन् । 
    सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय न्यायिक समिति संयोजक सावित्रा रेग्मीले समितिको अध्यक्ष वा सचिवमध्ये एक र उपाध्यक्ष वा कोषाध्यक्ष पदमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था जसरी पनि कार्यान्वयनमा लैजान आग्रह गरिन् । 

    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका मीना पाण्डे, श्यामकला आचार्य, संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, अग्रज पत्रकार एवं वन बारेका जानकार डीआर घिमिरे, भुवन कार्की, विष्णु पाण्डे, पार्वती आचार्य लगायतले वनको स्रोतमाथि महिला र पछाडि परेको वर्गको पहुँच र नियन्त्रणका बारेमा प्रष्टाएका थिए ।