२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

भैरहवा आएका लोसपा अध्यक्ष ठाकुर बिरामी भएपछि काठमाडौं लगियो

बुधवार , चैत्र २३, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २३ चैत । पार्टीको कार्यक्रममा सहभागी हुन रुपन्देहीको भैरहवा आएका लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बिरामी परेका छन् । उनलाई भैरहवास्थित भीम अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

    लोसपाले भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागि हुन आएका ठाकुर बिरामी भएपछि उनलाई उपचारका लागि भीम अस्पताल लगिएको थियो ।

    भीम अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले लोसपा अध्यक्ष ठाकुरलाई निमोनिया र ज्वरोको समस्या देखिएको बताए । थप उपचारका लागि नेता ठाकुरलाई काठमाडौैं रिफर गरिएको डा. पाण्डेले जानकारी दिए । लोसपा अध्यक्ष ठाकुरलाई बुधबार दिउँसो साढे १ बजे भैरहवाबाट हेलिकप्टरमा काठमाडौं लगिएको लोसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लामले जानकारी दिए । उनका अनुसार अध्यक्ष ठाकुरको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा थप उपचार हुनेछ ।