२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

लायन्स बुटवल युथको अध्यक्षमा विष्णु काफ्ले निर्विरोध 

बुधवार , चैत्र २३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २३ चैत ।
    लायन्स क्लब अफ बुटवल युथको अध्यक्षमा विष्णु काफ्ले निर्विरोध निर्वाचित भएका छन् । क्लबको बुटवलमा सम्पन्न अधिवेशनले आगामी लायन्स वर्षको लागि काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिती गठन गरेको छ ।

    लायन्स अन्तर्राष्ट्रियको विधान बमोजीम एक व्यक्ति एक वर्ष एक कार्यकाल अनुसार क्लबको आगामी लायन्स वर्ष २०२२/२३ का लागि काफ्ले निर्विरोध निर्वाचित भएका हुन । काफ्लेले बुटवलमा रहेर विभिन्न सामाजिक तथा व्यवसायिक संघ–सस्थामा कुशल नेतत्व प्रदान गरिसकेका छन् ।

    क्लबको सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिविक्रम कुवँर, द्वितीय उपाध्यक्षमा रविन कार्की, तृतीय उपाध्यक्षमा मनमोहन गुभाजु र सह–सचिवमा मोती काफ्ले निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रियमा सचिव तथा कोषाध्यक्ष निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान अनुसार सचिवमा नेयामत अली र कोषाध्यक्षमा प्रशान्त भट्टराई मनोनित भएको निर्वाचन आयुक्त कमलद्धिन मियाले जानकारी दिए ।

    लायन्स क्लव अफ बुटवल युथका संस्थापक अध्यक्ष जाकिर हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलबका सस्थापक अध्यक्ष जाकिर हुसेन, निर्वाचन आयुक्त कमलद्धिन मिया, पुर्व अध्यक्ष दिपक प्रसाद श्रेष्ठ, हरि कृष्ण अधिकारी लगायतले शुभकामना दिएका थिए । रविन कुमार कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।