images
images

शनिवार, जेठ ५ गते २०८१

समुदायमा सरकारी वकिल

समुदायमा सरकारी वकिल

images
images
images
बुधवार, चैत्र २३ २०७८
बुधवार, चैत्र २३ २०७८
  • समुदायमा सरकारी वकिल

    भैरहवा, २३ चैत ।
    रुपन्देहीको भैरहवामा समुदायमा सरकारी वकिलसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित भानु माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन र न्याय सम्पादनसम्बन्धी प्रक्रियामा प्रहरी, सरकारी वकील, अदालत तथा बारको भूमिकाको बारेमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यले बताए ।

    विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले यस्ता कार्यक्रमले ऐन तथा कानूनले स्पष्ट गरेका कानूनी व्यवस्थाको बारेमा सुसुचित गर्दै समुदाय तथा विद्यालयका बालबालिकाहरुबाट हुन सक्ने अपराधिक क्रियाकलाप घटाउने बताए ।

    कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता तुलसीराम ज्ञवाली, सहायक जिल्ला न्यायाधिवक्ता सुनिल लामिछाने, अधिवक्ता शेष नारायण भण्डारी, विद्यालयका शिक्षकहरु तथा विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का कानून विषयका विद्यार्थीहरु लगायतले मन्तव्य राखेका थिए ।

    जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij