२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

बुटवलमा एकैदिन १० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप !

बुधवार , चैत्र २३, २०७८

रुपन्देही, २३ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । मंगलबार पहिलो दिनमै १० हजार बालबालिकालाई खोप लगाइएको छ । बुटवलको आफ्नै खोप भण्डारण केन्द्रमा रहेको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले बालबालिका लक्षित स्वास्थ कार्यक्रमलाई संवेदनशील रुपमा सञ्चालन गर्न आग्रह गरे । 

उपप्रमुख गुमादेवी आचार्यले स्वास्थ्यकर्मीलाई सफल अभियानको शुभकामना दिइन् । बुटवलका २७ केन्द्रमा १५ महिनादेखि २३ महिनाका करिब चार सय र २ वर्षभन्दा माथिका ९ हजार ६ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले जानकारी दिइन् । बुटवलका यो उमेर समूहका ३७ हजार ७ सय ९३ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदैछ । २७ गतेसम्मको अभियानका लागि ८० जना स्वास्थ्यकर्मी १९ वटै वडामा खटिएका छन् ।