२०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन

मंगलवार , चैत्र २२, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २२ चैत ।

    नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, दीप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।

    विश्वभर अप्रैल ६ (चैत्र २३) का दिन विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गइरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले जानकारी दिए ।

    लुम्बिनीमा वाकाथुन, दीप प्रज्वलन साथै लुम्बिनीस्थित बिभिन्न स्वदेशी तथा विदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा बिश्व शान्तिका लागी प्रार्थना गरीने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, प्रदेश सरकारका शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खान, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकाश कोषका उपाध्यक्ष भिक्षु मैत्तय समेत सहभागी हुनेछन् । मुख्यमन्त्री केसीले विश्व शान्ति दीप रहेको स्थानबाट बेलुन उडाएर वाकाथुन कार्यक्रम सुरु गर्ने र वाकाथुन मायादेवी मन्दिर परिसरमा सम्पन्न हुनेछ ।